बाबुराम भट्टराईलाई प्रधानमन्त्री ओलीले फाेन गर्दा के जवाफ फर्काए ?

निरन्तर न्यूज
२० कार्तिक २०७७, बिहीबार ०८:१५

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बुधबार साँझ एक ट्वीट सन्देशमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।

उनले कोरोना संक्रमण भएको बेला फोन गरेर स्वास्थ्य लाभको कामना गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै राजनीतिक टिप्पणी गरेका हुन् । उनले अहिले नेपालमा रुपमा नेकपाका अध्यक्षद्वयबीचको लडाई देखिए पनि सारमा अग्रगमन र पश्चगमनबीचको लडाईं भइरहेको प्रष्ट पारेका छन् ।

‘नेकपाभित्रको किचलो रुपमा दुई अध्यक्षबीचको सत्तासंघर्ष देखिए पनि सारमा त्यो गहिरो वैचारिक-राजनीतिक अन्तरविरोधको अभिव्यक्ति नै हो,’ उनले भनेका छन्, ‘यो अन्तर्यमा अग्रगमन र पश्चगमनबीचको लडाईं हो ।’

उनले ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडीका रुपमा चित्रित गरेका छन् । ‘ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् । संविधानसभामा अग्रगामी एजेण्डा निस्तेज पार्न माओवादी-मधेसवादी विरूद्ध नेपाली कांग्रेससँग सहकार्य गरे,’ भट्टराईको बुझाई छ, ‘पछि सत्तानिम्ति चुनावमा नेकाविरूद्ध माओवादीसँग एकता गरे । अहिले ओली नेतृत्वमा देश तीव्र गतिले प्रतिगमनतिर दौडिरहेछ ! अब के ?सबैले सोचौं !’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*