बागमती प्रदेशका मुख्यमन्त्री कोरोना मुक्त

निरन्तर न्यूज
१६ कार्तिक २०७७, आईतवार ०७:२४

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना मुक्त भएका छन् ।

कार्तिक १५ गते स्वाब परीक्षण गदा रिपोर्ट नेगेटिभ आएसँगै मुख्यमन्त्री पौडेल कोरोना मुक्त भएका हुन् ।

मुख्यमन्त्री पौडेलको स्वाब प्रादेशिक प्रयोगशाला धुलिखेलमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि मुख्यमन्त्री पौडेलको शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौमा उपचाररत रहेका दाहालले बताए । मुख्यमन्त्रीको स्वास्थ्यमा सुधार आएको दाहालले जानकारी दिए ।

मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*