आज काेजाग्रत पूर्णिमा, बडा दशैँ सकिदै

निरन्तर न्यूज
१४ कार्तिक २०७७, शुक्रबार ०६:४३

हेटाैँडा । नेपालीको महान चाड बडा दशैँ आश्विन शुक्ल पूर्णिमाका दिनबाट मनाउन शुरु गरेर आज कोजाग्रत पूर्णिमाकाे दिन साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरेर समापन हुँदैछ ।

आजको दिन माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*