दशैंको पाँचौ दिन, आज स्कन्दमाताकाे पूजा आराधना गरिदै

निरन्तर न्यूज
५ कार्तिक २०७७, बुधबार ०७:३६

हेटौंडा । हिन्दुहरुको महान चाड बडादशैंको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा अर्चना गरिंदै छ ।
भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने प्रचलन रहिआएको छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन ।
सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।

यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गर्ने गरिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*