बुढीगण्डकी आयोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु : डा. भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निश्पक्ष छानविनको माग गरेका छन् । र, आफूले त्यसलाई सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।
हिजो राति सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु।त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।’श्रोत रिपोर्टर्स नेपाल