गाँजा लगाउन प्राेत्साहन गर्नेले गाँजा काण्डमा जेल जादैन भन्ने जिम्मा लिनुपर्छ : मुख्यमन्त्री पाैडेल
हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेलले गाँजा लगाउन प्राेत्साहन गर्नेले गाँजा काण्डमा जेल जादैन भन्ने जिम्मा लिनुपर्ने बताए ।
जिल्ला समन्वय समितिकाे वार्षिक समिक्षा बैठकलाई सम्वाेधन गर्दै मुख्यमन्त्री पाैडेलले गाँजा लगाउनु बैधता हाे हाेइन भन्ने विषयमा छलफल नगरि केही जनप्रतिनिधिले गाँजा लगाउन जनतालाई प्राेत्साहन गरेकाे बताए ।
मुख्यमन्त्री पाैडेलले गाँजा लगाउन प्रेरित गर्नेले गाँजा लगाए वापत जेल जानै नपर्ने कानून बनाउनकाे लागि सुझाव दिए । उनले कोरोना नियन्त्रणमा जिल्ला समन्वय समिति मकवानपुरको भूमिका सम्मानजनक रहेको बताए।
जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खेुलालको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेश सांसदहरू प्रेमबहादुर पुलामी, सन्तबहादुर प्रजा, ओम ग्लान, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज घिमिरे,मकवानपुर उद्याेग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी सहित मकवानपुरका दशवटै स्थानिय तहका प्रमुख र उप-प्रमुखहरूको उपस्थिति रहेको थियो।
बैठकमा स्थानीय तहले वार्षिक कार्यक्रमलाई समेटेर आ आफ्नाे प्रस्तुतिकरण गरेका थिए ।