उत्तर कोरियाद्वारा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्र सार्वजनिक

निरन्तर न्यूज
२५ आश्विन २०७७, आईतवार १०:४९

एजेन्सी । उत्तर कोरियाले अमेरिका सम्म मार हान्न सक्ने दावी गरिएको आइसीबीएम नामको क्षेप्यास्त्र सार्वजनिक गरेको छ ।

शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिँदा सार्वजनिक भएको आइसीबीएम नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताए । उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले शर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ ।

सन् २०१८ र २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो । ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*