यी ८ सर्तमा बम्बे उच्च अदालतले दियो रियालाई जमानत

निरन्तर न्यूज
२२ आश्विन २०७७, बिहीबार ११:५४

एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे उच्च अदालतले जमानत दिएको छ । उनलाई सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मामलामा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।

उनी बुधबार साढे ५ बजे भायखला जेलबाट बाहिरिएकी हुन् । रियालाई बम्बे उच्च अदालतले आठ सर्तमा रिहा गरेको हो, जुन ८ सर्त यस्ता छन् स्

१. रियालाई एक लाख निजी धरौटीमा जमानत दिएको हो ।
२.रियाले आफ्नो पासपोर्ट अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ ।
३.मुम्बईको एनडीपीएसका विशेष न्यायाधीशको अनुमतिबिना रिया देश छाडेर जान पाउने छैनिन् ।
४.यदि उनी ग्रेटर मुम्बईभन्दा बाहिर जान चाहन्छिन् भने अनुसन्धान अधिकारीहरुलाई सूचित गराउनुपर्नेछ भने यात्रा तालिकाबारे सबै बताउनुपर्नेछ ।
५. ६ महिनासम्म प्रत्येक सोमबार बिहान १० देखि ११ बजेको बीचमा अनुसन्धान कार्यलयमा उपस्थिति जनाउनु पर्नेछ ।
६. उचित कारण नभएसम्म रिया अदालतको मितिमा उपस्थित भइराख्नुपर्नेछ ।
७.मुद्दा र यससँग सम्बन्धित प्रमाणमा रियाले चलखेल गर्न पाउने छैनिन् ।
र अन्तिम सर्त,
८.जेलमुक्त भएको दिनबाट १० दिनसम्म रिया नजिकैको प्रहरी वृत्तमा बिहान ११ बजेदेखि ५ बजेभित्र उपस्थिति दर्ता गराउनुपर्नेछ ।
रिया जेलमुक्त भए पनि उनका भाई सोविक चक्रवर्तीलाई भने अदालतले जमानत दिएन । अझै अनुसन्धान बाँकी रहेको भन्दै सोविकलाई जेलमै राखिएको हो । -नवभारत टाइम्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*