सुशान्त आत्महत्या प्रकरण : पूर्व प्रेमिका रिया चक्रवर्ती जमानतमा रिहा

निरन्तर न्यूज
२१ आश्विन २०७७, बुधबार १३:१८

बलिउडका अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणमा मुछिएकी उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई जमानत मिलोको छ।

अदालतले रियालाई एक लाख भारु व्यक्तिगत जमानी राखी जमानत दिएको हो। यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्स्टेन्स एक्टअनुसार रियालाई २० अक्टोबरसम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको थियो।

रियालाई सुशान्तको मृत्यु प्रकरणमा जोडिएको लागुऔषध प्रयोगबारे छानबीन गर्न नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो।

जमानतमा जुटेपनि बम्बई हाइकोर्टले रियालाई मुम्बई बाहिर जाँदा अनुसन्धान अधिकृतलाई जानकारी दिन भनेको छ। अदालतको अनुमति बिना देशबाहिर नजान पनि निर्देश गरिएको छ।

अदालतले सुशान्तको घरमा काम गर्ने स्यामुअल मिरान्डा र दीपेश शावन्तलाई पनि जमानत दिएको छ। तर, कलाकारहरुसम्म लागुऔषध पुर्‍याउने गरेका भनिएका अब्दुल परिहाकलाई पनि अदालतले जमानत दिन इन्कार गरिदिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*