बाबुरामले सहिदसँग माफी माग्दै प्रधानमन्त्रीलाई ‘श्री ७ खड्गप्रसाद’ भनेपछि …

निरन्तर न्यूज
२१ आश्विन २०७७, बुधबार ११:३३

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजो नारा लगाएअनुसार संघीयता कार्यान्वयन गर्न नसकेकोमा सहिदहरुसँग माफी मागेका छन् ।

जनयुद्धको एकजना नेतृत्वको रुपमा भट्टराईले नेपालमा वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय उत्पीडन रहेको भन्दै समानहरुबीच समान प्रतिस्पर्धाका लागि संघीय शासनप्रणालीको नारा स्थापित गरेका थिए । जनयुद्धकै प्रमुख नेतृत्वकर्ता प्रचण्ड भने अहिले सत्तारुढ नेकपाभित्र ओलीको नेतृत्वमा काम गरिरहेका छन् ।

हाल जनता समाजवादी पार्टीका नेता समेत रहेका रहेका डा.भट्टराईले बुधबार एक ट्वीट सन्देश जारी गर्दै लेखेका छन्, ‘हिजो मगरात, तमुवान, ताम्सालिंग, नेवास् स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, वागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको पङ्क्ति याद आयो- मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर, बाँच्न झन् गाह्रो छ !’

उनले जनयुद्धका सहिदहरु लली रोका र सुरेश वाग्लेलाई सम्झिएर माफी समेत मागेका छन् ।

मंगलबार राति प्रदेश नामाकरणलाई लक्षित गर्दै उनले गरेको ट्वीटमा जाति र भाषाको पहिचानमा प्रदेशको नाम हुनुपर्नेमा जोड दिएका थिए ।

‘हाम्रा प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति, भाषाको पहिचानमा राख्न नहुने रु यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ?,’ उनको प्रश्न छ, ‘अमेरिकामा अलास्का, एरिजोना, उताह आदि र भारतमा तामिलनाडु, बंगाल, पञ्जाब आदि अधिकांश जातिरभाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*