अभिनेत्री रिया चक्रवर्तीलाई थप १४ दिन जेलमै राख्न अदालतको आदेश

निरन्तर न्यूज
२० आश्विन २०७७, मंगलवार १५:२७

काठमाडौं । सेशन कोर्टले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई थप १४ दिन जेलमै आदेश दिएको छ ।

ड्रग्स केसमा गिरफ्तार भएकी रियालाई बम्बे हाईकोर्टले फेरि १४ दिनका लागि फैसला सुनाएको हो ।

बम्बे कोर्टले २ पटक अर्जी खारेज गरेपछि उनले हाईकोर्टमा आफ्नो अपील गरेकी थिइन् । एनसीबीले ड्रग्स केसमा उनलाई गत ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो ।

रियासँगै उनका भाई शोविक चक्रवर्ती र सुशान्तकी हाउस म्यानेजर स्याअल मिराण्डाको जमानत अर्जि आज हाईकोर्टले फैसला सुनाउन सक्नेछ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*