गायिका नेहा कक्कडको विहेको चर्चा, को हुन दुलाहा ?

निरन्तर न्यूज
१९ आश्विन २०७७, सोमबार १५:१४

बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ। भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन्। विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ।

विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्रमात्रै सहभागी हुने उल्लेख छ।

नेहाले रोहनसँग डेट गरेको धेरै समय भएको छैन। पहिलो भेट नेहाको गीत ‘आजा चल व्याह करवाएं, लकडाउन बीच कत्त होने खर्चेु को सेटमा भएको थियो।

रोहन प्रीत सिंह २०१९ मा ‘इंडियाज राइजिंग स्टारु को तेस्रो सीजनमा प्रतियोगीका रुपमा देखिएका थिए। वेडिंग रियलिटी शो ‘मुझसे शादी करोगेुमा पनि प्रतियोगीका रुपमा थिए।

यसअघि नेहाको नाम सिंगिंङ रियालिटी शो ‘इंडियन आइडलु मा होस्ट आदित्य नारायणसँग जोडिएको थियो। आदित्य र नेहाको जोडीलाई जुब रुचाइएको थियो। शोमै अभिभावक बोलाएर विहे गरिदिने भन्ने नाटक पनि गरियो। तर, केही भएन।

अहिले इण्डियन आइडलको नयाँ सीजन सुरु हुनै फेरि नेहाको विहेको चर्चा सुरु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*