बलिउडलाई फेरी अर्को झट्का : २७ वर्षीया अभिनेत्री मिष्टी मुखर्जीको निधन

निरन्तर न्यूज
१९ आश्विन २०७७, सोमबार १४:०१

काठमाडौं। बलिउड अभिनेत्री मिष्टी मुखर्जीको निधन भएको छ । उनको शुक्रबार २७ वर्षको उमेरमा निधन भएको हो ।

भारतिय मिडियाका अनुसार उनको किड्नी फेल भएका कारण मृत्यु भभएको जनाइएको छ । बंगाली फिल्मकी अभिनेत्री समेत रहेकी उनले बेङलोरमा शुक्रबार राति अन्तिम सास फेरेकी हुन् ।

उनले सन् २०१२ मा रणवीर शोरेको फिल्म ‘लाइफ की तो लागे गे’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

उनले यस फिल्ममा अतिथि कलाकारको रूपमा काम गरेकी थिइन् । उनले फिल्मबाहेक आईटम गीतहरूमा पनि अभिनय गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*