टिभी कलाकार दम्पती गुरमित चौधरी र देबीना बनर्जीलाई कोरोना संक्रमण

निरन्तर न्यूज
१५ आश्विन २०७७, बिहीबार १२:४९

काठमाडौं । टिभी कलाकार दम्पती गुरमित चौधरी र देबीना बनर्जीलाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण भएको जानकारी चौधरीले सामाजिक सञ्जाल मार्फत गराएका हुन् ।

उनीहरु यस समयमा होम क्वारेन्टाइनमा बसेका छन् ।

सन् २००८ मा टेलिभिजन धारावाहि रामायणमा यी जोडीले एक साथ काम गरेका थिए ।

उनले ट्वीटमा लेखेका छन् –‘कोभिड –१९ को परीक्ष्ण गर्दा श्रीमती देबीना र म मा पोजेटिभ देखिएको छ । अहिले हामी ठिक छौँ । हामीले आफ्नो नियमको पालना गरेका छौँ । अहिले होम क्वारेन्टाइमा छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*