मुख्यसचिव रेग्मीले दिए राजीनामा
काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मीले पदबाट राजीनामा दिएका छन्।
वालुटारस्रोतका अनुसार मुख्यसचिव रेग्मीको राजीनामापछि अहिले बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ।
रेग्मीको कार्यकाल कार्तिक ३ गते सकिँदै थियो।
मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
बिहान नौ बजेका लागि बैठक बोलाएको भएपनि १० बजेबाट बैठक सुरु भएको हो।
एक मन्त्रीका अनुसार गए रातिनै मन्त्रीहरुको सचिवालयलाई खबर गरेर बिहान मन्त्रिपरिषदको बैठक रहेको जानकारी गराइएको थियो।
बैठकको एजेण्डाबारेमा भने कुनै जानकारी नगराइएको उनले बताए।
नियमित रुपमा सोमबार वा बिहीबार बैठक बस्ने गरेपनि यसअघि आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बसेको थियो।
तर बैठकले कृषि मन्त्रालयसम्बन्धी केही निर्णय गरेको थियो।