रत्ननगरका मेयर नारायण वनलाई कोरोना पुष्टि

निरन्तर न्यूज
२ आश्विन २०७७, शुक्रबार १०:४३

चितवन । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई कोरोना संक्रमण भएको छ । २८ भदौमा स्वाब दिएका वनको १ असोजमा कोरोना पोजेटिभ नतिजा आएको हो ।

मेयर वनले कोरोनासँग मिल्दोजुल्दो सामान्य लक्षण देखिएपछि स्वाब दिएका थिए । स्वाब दिने बेलामा केही लक्षण देखिएको भएपनि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।

रत्ननगर नगर कार्यपालिकाका प्रेस संयोजक होमनाथ सापकोटाका अनुसार मेयर वन अहिले आफ्नै घरको आईसोलेसनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*