आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवासमा मध्यान्ह १२ बजे बस्ने बैठक नियमित बैठक भएको र मन्त्रालयगत एजेण्डाहरुमा छलफल हुने बताइएको छ ।
एक मन्त्रीका अनुसार उक्त बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषणका बारेमा पनि सिफारिस गरिने भएको छ ।
आजको बैठकमा बेलायतलगायत केही देशका राजदुत नियुक्त गर्ने सम्भावना रहेको छ । बेलायतका लागि राजदुतमा मुख्यसचिव लोकदर्शन रेग्मीलाई लगेर परराष्ट्रसचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने तयारी भएको स्रोतले जनाएको छ ।