स्थायी कमिटी बैठकमा ९ सदस्यले धारणा राखे , माधव नेपाल यसरी कड्किए

निरन्तर न्यूज
२६ भाद्र २०७७, शुक्रबार १६:१७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा ९ जना सदस्यले आफ्नो धारणा व्यक्त गरेका छन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी उक्त बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु देव गुरुङ, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघुजीपन्त लगायतले आ-आफ्नो धारणा राखिसकेका छन् ।

बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्कोै असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।

नेपालले अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन रु विधि बिना पार्टी कसरी चल्छ रु’ भन्दै नेपाल बैठकमा कड्किएका थिए ।श्रोत साझापोस्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*