कोरोना संक्रमित पत्रकारलाई काँग्रेस नेता पराजुलीको सहयोग

निरन्तर न्यूज
२६ भाद्र २०७७, शुक्रबार १५:१८

हेटौंडा । हालसम्म मकवानपुर जिल्लामा कोरोना भाईरसबाट संक्रमण भएका तीन जना पत्रकारलाई नेपाली कांग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले आर्थिक सहयोग उपलब्ध गराएका छन्, ।

फ्रन्टलाईनमा बसेर समाचार संकलन गरिरहेका मकवानपुरका तीन जना पत्रकारलाई कोरोना पोजेटिभ भए पश्चात विमा बापत पाएको रकमबाट जनही ५\५ हजार रुपैयाको दरले हस्तान्तरण गर्नुभएको हो ।

संक्रमित पत्रकारहरुलाई सन्तुलित भोजन खानको लागि सहयोग होस र फेरि काम गर्न उत्प्रेरणा मिलोस भन्ने हिसाबले सहयोग रकम प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाई हस्तान्तरण गरेका छन्।

आफुले मानविय हिसाबले फुड बैंकमा खाध्यान्न तथा नेपाल प्रहरीलाई समेत सहयोग गरिसकेका छन् ।

प्राप्त रकम तीन जना पत्रकारलाई प्रदान गर्ने युनियन अध्यक्ष अधिकारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*