एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

निरन्तर न्यूज
२५ भाद्र २०७७, बिहीबार १४:५५

काठमाडौँ । एसिड आक्रमण गर्नेलाई कारबाही गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको छ।

अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने प्रधानमन्त्री केपीशर्मा ओलीले बताएका हुन्।

यसका लागि १५ दिनभित्र कानूनको मस्यौदा तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘१५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उहाँले कानुन मन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ,’ थापाले भने।

एसिड आक्रमण गर्ने अपराधीको सम्पत्ति रोक्का गरी उपचार र क्षतिपूर्ति भराउने पनि कानूनमा व्यवस्था गर्न लागिएको हो। बिहीबार १२ जना एसिड पीडितहरूसँग प्रधानमन्त्रीले संवाद गरेका थिए।

एसिड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि प्रधानमन्त्रीको भनाइ छ।

एसिड आक्रमणमा परेकाहरूले पढ्न चाहेमा सरकारले निशुल्क पढ्ने व्यवस्था मिलाउने प्रधानमन्त्रीले बताएका छन्। नेपालमा एसिड आक्रमणका १७ घटनामा १९ जना पीडित छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*