राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न बाबुरामको प्रस्ताव, जनता मात्र भोकै किन?

निरन्तर न्यूज
२२ भाद्र २०७७, सोमबार १३:४५

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिदेखि शिक्षकसम्मको तलब-भत्ता रोक्न प्रस्ताव गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक भोको बालकको तस्वीर राख्दै उहाँले उक्त कुरा उल्लेख गर्नुभएको छ ।

अहिले कोरोना महामारीका कारण सरकारले लाखौँ जनताको गाँसबासको पर्वाहै नगरी निषेधाज्ञा र लकडाउन गरिरहेको तर्फ उहाँले कटाक्ष गर्नुभएको छ । धेरैको रोजीरोटी खोसिएको र आमजनता जीवन-मरणको लडाईमा रहेको बताउँदै भट्टराईले राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि कर्मचारी र शिक्षकको तलब रोक्नुपर्ने बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ- ‘आम जनता जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरुको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, सांसद, कर्मचारी, शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि रु’ भट्टराईले लेखेको स्टाटस यस्तो छ पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउनरकर्फ्यू लगाउँदै जानु कति उपयुक्त होरु कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा होरु सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगदरजिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो ! आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपतिरप्रधानमन्त्रीर मन्त्रीर न्यायाधीशरसांसदरकर्मचारीरशिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?

भट्टराईले लेखेको स्टाटस यस्तो छ पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो? सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो! आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षक लगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*