सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि

निरन्तर न्यूज
२१ भाद्र २०७७, आईतवार १०:३३

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए । शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो । पोजेटिभ रिपोर्ट आएसँगै उनी होम आइसोलेसनमा बसेका छन् ।

उनले आफ्नो सम्पर्क आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गर्न आग्रह गरेका छन् । भक्तपुर नगरपालिकाले च्यामासिंहमा सञ्चालन गरेको जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना पुष्टि भएको हो ।

रिपोट पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफू दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नगएको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*