इस्टु मकवानपुरद्वारा प्याब्सन कार्यालयमा तालाबन्दी

विद्यालय खाेलेर सर्वहारा वर्गलाई शाेषण गर्ने किर्ना र जुका हुन् : संघर्ष समिति
निरन्तर न्यूज
२० भाद्र २०७७, शनिबार १३:३०

हेटौंडा। संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले आज विहान निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला समिति मकवानपुरको हेटाैँडा २ मा रहेकाे कार्यालयमा तालाबन्दी गरेको छ ।

केहीदिन अघि प्याब्सन मकवानपुर जिल्ला र हेटौंडा उपमहानगर समितिले संयुक्त विज्ञप्ति प्रकाशन गरी निजी विद्यालयका शिक्षक, कर्मचारीलाई भदौ महिनादेखि तलब दिन नसक्ने जनाएसँगै निजी विद्यालयका शिक्षक तथा कर्मचारी आन्दोलित भएका हुन् ।

यसै क्रममा इस्टु जिल्ला र नगर समितिले प्याब्सनलाई ३ दिने अल्टिमेटम दिएपछि आज विराेधका कार्यक्रम अनुसार तालाबन्दि गरिएकाे जिल्ला अध्यक्ष सचिन लामाले जानकारी दिए । आजकाे विराेध कार्यक्रममा अध्यक्ष लामाले तलब नदिने जिल्लाका प्रत्येक विद्यालयलाई ३ दिनकाे समय दिएर तालाबन्दी गर्ने कार्यक्रम रहेकाे बताए ।

यस सघर्ष समितिका संयाेजक रामशरण रिजालले दुवै संगठनकाे केन्द्रमा भएकाे राष्ट्रीय समितिकाे सहमतिकाे विरुद्धमा मकवानपुर प्याब्सनले गरेकाे हर्कत विरुद्ध ताला लगाइएकाे बताए । संयाेजक रिजालले रिलायन्स, माेर्डन र ज्ञानाेदयले मिलेर काेलाब्रेशनकाे नाामा आफु निकटकालाई अनलाइन कक्षाा पढाउन लगाएर अन्य शिक्षकलाई हटाउने नेतृत्व गरेकाे भन्दै रिलायन्स स्कुलकाे यस्ता दुष्प्रयासकाे विरुद्धमा हामी निरन्तर लाग्नेछाैँ र यस्ता हर्कतकाे विरुद्ध भण्डाफाेर गर्ने बताए ।

संयाेजक रिजालले सर्वहारा वर्ग हुँ भन्ने अनि विद्यालय खाेलेर यही सर्वहारा वर्गलाई शाेषण गरेर किर्ना र जुका जसरी लागिपर्ने तमाम शाेषकहरु विरुद्ध लागिपर्ने बताए । २०७६ सालकाे पुष देखिकाे तलब नदिने दिब्य ज्ञान पुञ्ज जस्ता विद्यालयकाे कारण संस्थागत विद्यालय निजिगत बन्दै गएकाे आराेप समेत रिजालले लगाए ।

आज इस्टु हेटौंडा उपमहानगर समितिका अध्यक्ष सिएम रिमाल, एस के निधन, दिपक गाैतमलगायतका  नगर, जिल्ला तथा केन्द्रसहित इस्टु सम्वद्ध  सयाैँ संख्यामा शिक्षकहरु जम्मा भएर भाैतिक दुरी कायम गरि स्वास्थ्य सुरक्षाा अपनाएर  तालाबन्दी गरेका थिए ।

इस्टुले प्याब्सन मकवानपुरको कार्यालयमा तालाबन्दीका कार्यक्रमसँगै शिक्षक, कर्मचारीको तलब उपलब्ध नगराउने विद्यालयको नाम सार्वजनिक गर्ने, विद्यालयमा ताला लगाउने लगायतका आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको छ । आज लगाइएकाे तालाकाे साँचाे जिल्ला समन्वय समिति मकवानपुरका संयाेजकलाई भाेली आइतबार बुझाउने इस्टुले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*