लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको छ : डा. लोहनी

निरन्तर न्यूज
१९ भाद्र २०७७, शुक्रबार ११:५२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सरकार बेसारमा रमाएको बेला जनतालाई बाँच्न कठिन भएको बताएका छन् । लुटको राज चलाएर सरकार देशलाई बर्बाद गर्न लागेको अध्यक्ष लोहनीले हिजो (बिहीबार) एक सन्देशमा टिप्पणी गरे । एकातर्फ पैसा छैन भन्ने अर्कोतर्फ रेल ल्याउने बहानामा, कानूनविपरीत तीस अरबको ठेक्का सेटीङमा बाँडफाँड गर्ने भन्दै उनले सरकारको आलोचना गरे

हरियो मकै बारीमा पसेको साँढेले मनपरी गरे जस्तो अवस्था छ भन्दै लोहनीले देशमा भ्रष्टाचार, लुट ब्याप्त रहेको बताए । उनले भने, ‘अब तपाईँ भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ रु’

राप्रपा अध्यक्षको तीन बुँदे टिप्पणी यस्तो छ :

९१० काठमाडौंमा जतिसुकै बेसार पानी पिए पनि कोभिड संक्रमण बढ्दै छ र काठमाडौंमा बन्देज कायम छ । नेपालका गरिव किसानहरु केही केजी मलको लागि भिडम्भिड गरेर लाममा घन्टौ बस्न बाध्य छन् । तैपनि मल छैन तर बाँच्नको लागि कोभिडको जोखिम मोल्न जनता बाध्य छन् । यसबारे सरकारलाई वास्ता छैन । अर्थमन्त्री को हुने भन्ने कुरो नै सबैभन्दा प्राथमिकतामा परेको छ ।

९२० भारतमा कोभिडको महामारी छ । तर सुदूरपश्चिमान्चलबाट हजारौं युवाहरु कोरोनपिडित भारतमा जाँदै गरेको तस्बीर आजका छापाहरुमा छन् । डा. हेमराज पन्तले भने जस्तो यो भन्दा लज्जास्पद कुरो के हुन्छ रु संकटमा परेको क्षेत्रका जनताको लागि कामको लागि खाद्यान्न व्यवस्था गरी देशभित्रै बाँच्ने वातावरण किन बनाउन नसकेको रु यो देशमा सरकार छ कि लुटको राज छ ?

९३० एकातिर पैसाको अभाव भनिन्छ भने अर्कोतिर मुवाब्जसम्म वितरण नगरी कानुनविपरित तीस अरबको रेल बनाउने ठेक्का मिलोमतोमा बाँडिन लग्यो भन्ने खबर ब्याप्त छ । तर सरकार मौन छ । हरियो मकै बारीमा पसेको साँढे जसले जे गरे पनि मकै खान नछोड्ने जस्तो उसको चरित्र छ । अब तपाईँ भन्नुहोस् नेपाली जनताका विरुद्ध नेपालमा को सक्रिय छ ???श्रोत रिपोर्टर्स नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*