नेकपाको सचिवालय बैठक तीन बजे बस्ने

निरन्तर न्यूज
१८ भाद्र २०७७, बिहीबार १०:२०

काठमाडौँ । कार्यदलले दिएको प्रतिवेदन अनुमोदन गर्न नेकपा सचिवालयको बैठक बिहीवार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि तय भएको बैठक दिउसो ३ बजे बस्ने गरी तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् ।

यसअघि गत शनिवारका लागि बोलाइएको बैठक आज सम्मका लागि स्थगित भएको थियो । सचिवालय बैठकको पूर्वसन्ध्यामा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार भेटवार्ता भएको थियो ।

पार्टी भित्र देखिएको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको कार्यदलले भदौ ६ गते प्रतिवेदन पेश गरेको थियो । बिहीवारको बैठकले राष्टिय सभामा रिक्त सदस्य पदमा कसलाई पठाउने भन्ने निर्णय लिने अपेक्षा गरिएको छ ।

रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गत फागुन १४ गते भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा युवराज खतिवडालाई नै राष्टिय सभामा लैजाने अडानमा देखिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*