काेराेना संक्रमितलाई स्थानीय सरकारले वेवास्ता गरेकाे काँग्रेस नेता पराजुलीकाे आराेप
हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीले कोरोना जाेखिम न्यूनिकरणमा स्थानीय सरकार चुकेकाे टिप्पणी गरेका छन् । पराजुलीले काेराेना संक्रमितलाई स्थानीय सरकारले वेवास्ता गरेकाे आराेप समेत लगाएका छन् ।
काेराेना संक्रमित भएकाहरुलाई घरबाट आइसाेलेशन सम्म पुर्याउन समेत व्यवस्था गर्न नसक्ने स्थानीय सरकारले काेराेना नियन्त्रण र राेकथाम जस्ताे जनताकाे संवेदनशिलतामा मानवीय व्यवहार समेत नदेखाएकाे आराेप काँग्रेस नगर सभापति पराजुलीले लगाएका छन्।
आफु स्वयम् काेराेना संकम्रित भएकाे समयमा स्थानीय निकायकाे कुनै पनि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले स्वास्थ्य सल्लाह समेत दिन नसक्नुमा स्थानीय सरकार र त्यस संयन्त्रले सन्चालन गरेका स्वास्थ्यकर्मीहरु नै मुख्य रहेकाे बताएका छन्।
आज हेटाैँडाका पत्रकारहरुसँग भर्चुअल छलफल गर्दै उपमहानगर पालिकाका मेयर पदका उम्मेदवार समेत बनेका पराजुलीले स्थानीय सरकारकाे अप्राविधिक सल्लाहकाे प्रेसरमा स्वास्थ्यकर्मी रहेकाेले उनीहरुकाे मनाेबल बढाउनु पर्नेमा सबै लाग्नुपर्ने बताए ।
आफुलाई कुनै तहकाे सरकारका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्था र दैनिकि खानपान लगायतका विषयमा समेत वेवास्ता गरेकाेले अन्यत्र आइसाेलेशन तथा हाेम आइसाेलेशनमा रहेकाहरुकाे अवस्थाकाे बारेमा समेत सरकार उदासिन रहेका आराेप लगाउनुभयाे ।
पराजुलीले संक्रमणका समयमा नियमित बेसार पानी तथा गुर्जोकाे पानी सेवन गरेकाेले अरु संक्रमितहरुलाड्ढ पनि दैनिक सेवन गरेमा काेराेनाकाे संक्रमणलाई विस्तारै जित्न सकिने हाैसला प्रदान गर्नुभयाे
कोरोना संक्रमण भएपछि आफुमा कुनैपनि लक्षण देखा नपरेको भन्दै उनले अरुबेला जस्तै नियमित खाना खाएको र गुर्जो र बेसारपानीको सेवन नियमित गरेको बताए । घरमै बसेर पनि खानपान, झोलीलो पदार्थमा ध्यान दिनको लागि उनले अन्य संक्रमितलाई समेत भनेका छन् ।
उनले संक्रमणको समयमा आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।