विपि कोईराला स्कुल अफ पब्लिक पोलिसीामा सुदिप बर्ताैला चयन
हेटौंडा। बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बागमति प्रदेश संयोजकमा सुदिप वर्तौला चयन भएका छन् ।
पोलिसीले सातै प्रदेशमा प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । जसमा प्रदेश नम्वर १ मा डा.शिव शंकर शाह, प्रदेश नम्वर २ मा मोहम्मद फिरोज आलम, बाग्मती प्रदेशमा सुदिप वर्तौला, गण्डकी प्रदेशमा नारायण पाण्डे, प्रदेश नम्वर ५ मा अर्जुन खनाल, कर्णाली प्रदेशमा ललित बस्नेत र सुदुर पश्चिम प्रदेशमा प्रीत बहादुर बिष्ट रहेका छन् ।
विपि कोइराला स्कुल अफ पब्लिक पोलिसीले वि पि को राजनीतिक तथा आर्थिक बिचारलाई समाजमा स्थापना गर्ने कार्य गरिरहेको छ । संस्थाले हालसम्म विपि कोइरालाको बिचार र लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन दर्जनौं कार्यक्रम गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्जीव अधिकारीले बताए।
विपि कोईराला स्कूल अफ लोकतान्त्रिक शक्तिहरुको संगठन सुदृढीकरण गर्न, देशमा बलियो अन्तराष्ट्रिय र आर्थिक नीति अबलम्बन गर्न सहयोग गर्ने संस्थाका अध्यक्ष प्रेम राज जोशिले बताए।