मन्त्रिपरिषदद्वारा सबै प्रतिबन्धलाई निरन्तरता दिने निर्णय

निरन्तर न्यूज
१५ भाद्र २०७७, सोमबार ०९:५१

काठमाडौं । मन्त्रिपरिषद बैठकले शैक्षिक संस्था र लामो दूरीका यातायात भदौभर बन्द गर्ने निर्णय गरेको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले देशमा कोरोना भाइरस तीव्र गतिमा फैलिन थालेपछि मानिसको ओहोरदोहोर रोक्न र भिड जम्मा हुन नदिन लामो दूरीका यातायात र शैक्षिक संस्था भदौ मसान्तसम्म बन्द नै राख्‍ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सरकारले आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नै बन्द गर्ने निर्णय गरेको छ । हवाई कम्पनीहरुले उडान सञ्चालनको पूर्वतयारी गरिरहँदा सरकारले भने भदौ १५ सम्म रहेको उडान स्थगनलाई बढाएर मसान्तसम्म पुर्‍याएको हो । यसबीच हवाई कम्पनीहरुले तत्काल उडान सुचारु गर्न माग गरिरहेका छन् ।

सरकारको यो निर्णयसँगै अब भदौभर लामो दूरीको यातायात बन्द हुनेछन् भने विद्यालय पनि खुल्ने छैनन् । यसअघि विद्यालय खुलाउने तयारीस्वरुप शिक्षकहरुलाई विद्यालय आउने तयारी गर्न सूचित गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*