‘स्वीस बैंकको खाता’ बारे प्रधानमन्त्री ओलीले मुख फोरे-तिनको पाप धुरीबाट कराउँछ (भिडियोसहित)

निरन्तर न्यूज
१४ भाद्र २०७७, आईतवार १२:३०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा आफूले खाता खोलेर करोडौं राखेको छ भनी दुष्प्रचार गरिएको टिप्पणी गरेका छन् । उनले त्यसलाई कसैबाट सञ्चालित समेत भन्दै अनैतिक तत्वहरुले त्यस्तो कुप्रचार गरेको बताएका छन् ।

‘कम्बोडियामा लगेर दुरसञ्चार कम्पनिमा लगानी गरेको छ रे १ स्वीस बैंकमा खाता खोलेर कति करोड डलर राखेको छ रे १’ प्रधानमन्त्री ओलीले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनमा शनिबार विशेष अन्तवार्ताका क्रममा भने, ‘मलाई त्यस्ता खालका तत्वहरुको दया लाग्छ । ती कोद्वारा सञ्चालित छन् ? कस्का लागि काम गर्छन् ?’ उनले देशप्रति नै अनास्था ल्याउने कुनियतले यस्ता दुष्प्रचार गरिएको टिप्पणी गरे ।

फ्रान्सबाट चलाइएको एउटा वेवसाइट ग्लोबल वाच एनलिसिसले प्रधानमन्त्री ओली र पत्नी राधिका शाक्यको स्वीस बैंकको खातामा लाखौं डलर रहेको रिपोर्ट तयार पारी प्रकाशित गरेको थियो । उक्त रिपोर्टलाई आधार मानी नेपाल र भारतका मिडियाले समाचार छापेपछि प्रधानमन्त्री ओलीको यसबारे पहिलो धारणा सार्वजनिक भएको हो ।

ओलीले यस्तो खबर छाप्नेहरुलाई स्याडिष्ट क्यारेक्टरको भने । उनले भने, ‘अर्कालाई दुःख पुर्याउँदा आनन्द लिनेहरु यस्तै गर्छन् र तिनको पाप धुरीबाट कराउँछ ।’ उनले देशमा सबै भ्रष्ट हुन्, सबै चोर हुन् भन्ने देखाउन खोजिएको र मर्यादा समते नराखी अनास्था फैलाउन खोजिएको बताए । उनले भने, ‘यो देशको धर्ती माताले चोखो र देशलाई माया गर्ने सन्तान पनि जन्माउँछन् भन्ने विश्वास घटाउन खोजिएको छ ।’श्रोत रिपोर्टर्स नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*