अभिनेत्री तृप्तिलाई बिहेको दबाब दिँदै पिताले पिटेपछि …

निरन्तर न्यूज
११ भाद्र २०७७, बिहीबार १४:४५

टेलिभिजन तथा साउथ फिल्म अभिनेत्री तृप्ति शंखधरले आफ्नो पितामाथि कुटपिटको आरोप लगाएकी छिन्। उनले आफ्नो पिताबाट आफू असुरक्षित भएको भन्दै सामाजिक सञ्जालमा रुँदै पोस्ट गरेको भिडियोमा पीताले आफूलाई कुटपिट गरेको र छिट्टै केही नगरे पिताले आफ्नो हत्या गर्न सक्ने बताएकी छिन्।

‘मेरो पापाको नाम राम रतन शंखधर हो। उनले मेरो कपाल समातेर मलाई आफूतिर ताने अनि बेस्सरी पिटे’, आफ्नो हातको चोट देखाउँदै उनले भिडियोमा भनेकी छिन्– ‘मलाई मेरो पिताबाट बचाउनुहोस्। कुटपिट गरेपछि म आफ्नी आमाका साथ घरबाट निस्किएको छु।’

समाचारमा जनाएअनुसार बरेलीमा बसोवास गर्ने तृप्तिका पिता उनको विवाह गरिदिन चाहन्छन्। तर, उनी मात्र १९ वर्षकी भइन्। ‘मेरो पापाले तैंले एक २८ वर्षको व्यक्तिसँग बिहे गर्नुपर्छ भनेर टर्चर दिइरहेका छन्। मैले मानिरहेको थिइनँ तर आज उनले साफ साफ भनिदिए उनी अब मलगायत परिवारको सबैलाई मार्ने छन्। उनले सबैलाई प्रताडित गरिरहेका छन्। मेरा लागि अब कुनै बाटो छैन।’ आफूहरूलाई प्रहरीले पनि कुनै सहयोग नगरेको बताउँदै उनले भिडियोमा आफ्नी आमालाई देखाएर उनलाई पनि पिटेको बताएकी छिन्। उनकी आमाले पनि भोडियोमा बोल्दै आफूलाई पतिले कहिल्यै सुख नदिएको बताएकी छिन्। उनले इन्स्टाग्राम अकाउन्टमा हालेको भिडियोमा पिताले आफूमाथि कुनै पनि आरोप लगाउन सक्ने र आफूहरूलाई खोजेर हत्या गर्न सक्ने बताएकी छिन्।

तृप्तिको भिडियो भाइरल भएपछि बरेली पुलिसले उनलाई सम्पर्क गरेर उनीसँगै घरबाट ज्यान जोगाउन निस्किएका परिवारका अन्य सदस्यलाई समेत प्रहरी कार्यालयमा लगेर सोधपुछ गरेको समाचारमा जनाइएको छ। जसपश्चात् प्रहरीले उनीहरूलाई सुरक्षाको भरोसा दिँदै छानबिन अगाडि बढाएको जनाएको छ। प्रहरीले उनको पितालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको समाचारमा उल्लेख छ। उनको पिताले भने आफूले छोरीलाई मुम्बईमा एक्लै बस्नु असुरक्षित भएकाले फिल्ममै काम गर्ने व्यक्तिका साथ विवाहको प्रस्ताव मात्र राखेको बताएका छन्।

तृप्तिले एकता कपुरको सिरियल कुमकुम भाग्यबाट आफ्नो करिअर शुरू गरेकी थिइन्। त्यसपछि उनले देव–२, परमावतार श्रीकृष्ण, कसौटी जिन्दगिकी–२, जिन्दगी यु टर्नलगायतमा काम गरेकी छन् भने राजकुमार राव तथा कंगना रनावतको जजमेन्टल हे क्या मा अभिनय गरेकी छिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*