नेता बानियाँद्वारा हेटौंडाको रंगशालामा रहेको आईसोलेशन वार्डको निरिक्षण
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बुधबार हेटौंडा ६ गौरीटारस्थित राष्ट्रिय खेलकुद परिषद्को छात्रावास भवनमा रहेको आईशोलेशन वार्डको निरिक्षण गर्नुभएको छ ।
आईलोशन वार्डको निरिक्षण गर्दै नेता बानियाँले आईसोलेशन वार्डमा उपचारार्थ रहेका कोरोना संक्रमितहरुसंग त्यहाँ रहेका समस्याको बारेमा बुझ्नुभएको थियो । उनीहरुले स्वाव परिक्षणको लागि लगेपनि हप्तादिन बढी कुर्दासम्म रिपोर्ट नआएकामा चित्त दुखाएका थिए ।
नेता बानियाँले आफनो यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै पिसिआर प्रयोगशालाको स्तरोन्नती एवं नयाँ मेसिन खरिद गरि अहिलेको परीक्षणको दरलाई ब्यापक बढाउन प्रदेश सरकारसंग माग गर्दै प्रदेश सरकारसंग यस विषयमा कुरा गरेर समाधानको लागि आफू तत्काल लागिपर्ने बताउनुभएको छ ।
बामगमती प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता बानियाँले आईसोलेशन वार्डमा रहेका संक्रमितहरुलाई कुनै किसिमको असुविधा नहोस् भन्दै यसतर्फ गम्भीर ध्यान दिन हेटौंडा उपमहानगरपालिका ६, १५ र १६ नम्बरका वडा अध्यक्षहरुलाई निर्देशन दिनुभएको छ ।
आईसोलेशन वार्ड निरिक्षण क्रममा हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन चौलागाई, १६ का रामकृष्ण कोईराला, आईसोलशनको ईन्चार्ज डा।सागर काफ्ले, आईसोलेशन वार्ड निर्माण समिति संयोजक केदारप्रसाद चौलागाईलगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको संयुक्त सहकार्यमा संचालित आइसोलेसन वार्डमा हाल ९२ जना कोरोना संक्रमितहरु रहेका छन् ।