बले, मन्जिल र प्रिन्सी, प्रिज्मा अभिनित ‘हुन्छ खोसा–खोस’ सार्वजनिक

निरन्तर न्यूज
१० भाद्र २०७७, बुधबार १२:२८

काठमाडौं । सागर लम्साल ‘बले’ मन्जिल बस्नेत, प्रिन्सी खतिवडा र प्रिज्म खतिवडा फिचर्ड ‘हुन्छ खोसा–खोस’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा चारैजनाले उत्कृष्ट नृत्य गरेका छन् । यो दुई जोडी पछिल्लो समय प्रेम समन्धका कारण पनि निकै चर्चामा छ ।

सार्वजनिक गीतमा गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वर, सुनिल बिसीको सहाद, सन्तोष सुनारको संगीत र रिकेश गुरुङको एरेन्ज सुन्न सकिन्छ । गायक भण्डारीले यस अघि बनपालेको लौरी , ओठैमा लाली, मृत्युयोग, स्याऊ ल्याइदिउ की केरा, नियती लगायतका दर्जनौ गीतहरु बजारमा ल्यासकेका छन् ।

रोमान्टिक शैलीमा तयार भएको गीतको म्युजिक भिडियोलाई राजिव समरले निर्दशन तथा कोरियोग्राफी गरेका छन् । भिडियोमा राम कुमार केसीको छायाँकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र बिमला तामांगको मेकअप समाबेश रहेको छ । गीतलाइ राजन नेपालले निर्माण गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*