बलिउड गायीका नेहा कक्कडको तौलको मजाक उडाएपछि…

निरन्तर न्यूज
१० भाद्र २०७७, बुधबार ११:२६

एजेन्सी । बलिउड गायीका नेहा कक्कड इन्डष्ट्रिमा सेल्फी क्विनको नामले चिनिन्छिन् । नेहा बलिउडको हिट गीतको लागि धेरै प्रख्यात छिन् । अहिलेसम्म करियरमा धेरै सुपरहिट गीत गाएकी छिन् । अब उनको नयाँ गीत रिलिज हुँदैछ । आफ्नो नयाँ गीतको सुटिङको काम भर्खर मात्र सम्पन्न गरेकी छिन् ।

उनीसँगै गीतमा पन्जाबी गायक परमिस वर्मा पनि रहेका छन् । परमिस वर्माको साथमा नेहा आफ्नो एक तस्वीरलाई लिएर चर्चामा आएकी छिन् । यस तस्वीरमा नेहालाई परमिस वर्माले काखमा बोकेका छन् ।

परमिस वर्मालाई तस्वीर ट्याग गर्दै नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘म थाके नेहा तिमिलाई बोक्दा, तिमी एकदमै भारी छौ, तर तपाइँपनि धेरै राम्रो व्यक्ति हो आज सम्म् यति राम्रो मानिस भेटेको थिइन् । जम्मा मेरो तौल ४३ किलो हो ।’

नेहाको क्याप्सन र तस्वीरलाई प्रतिक्रिया दिदै परमिसले लेखेका छन्, ‘यो सत्य हो तिमी धेरै राम्रो मान्छे हो ।’ उनीहरुको यो तस्वीरामा धेरैको प्रतिक्रिया आएको छ । उनको उक्त फोटो भाइरल भएको छ । २६ अगष्टमा रिलीज हुने भिडियाको यो तस्वीरलाइृ आजसम्म १ करोड भन्दा धेरैले हेरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*