कोरोनाबाट काठमाडौंका काँग्रेस नेताको मृत्यु
काठमाडौं । कोभिड-१९ को संक्रमणबाट काठमाडौंमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति काठमाडौं वडा २१ का गोविन्द रञ्जित रहेका छन्।
कोरोना संक्रमण भएपछि काठमाडौंको बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्तालमा उपचाररत उनको मृत्यु भएको हो। उनको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले जनाएको छ।
१३ दिन अघिदेखि ज्वरोखोकी लागेका रञ्जित आइतवारमात्र अस्पताल भर्ना भएका थिए। निकै गाह्रो भएपछि अस्पताल पुगेका उनलाई सीधै भेन्टिलेटर लगिएको अस्पतालले जनाएको छ। उनको उपचारको क्रममा आज राति मृत्यु भएको हो।
रञ्जित नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन्। काँग्रेस काठमाडौं -२ नम्बर का क्षेत्रीय सभापति उपेन्द्र कार्कीले उनको मृत्युको पुष्टि गरेका छन्।श्रोत पहिलोपोस्ट