नीताको स्वरमा गणेश भजन सार्वजनिक (भिडियोसहित)

निरन्तर न्यूज
८ भाद्र २०७७, सोमबार १४:२२

काठमाडौं  ।  कलाकार नीता ढुंगानाको स्वरमा रहेको भजन सार्वजनिक गरिएको छ । शनिवार नीताले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गणेश भजन सार्वजनिक गरेकी हुन् ।

गीतमा कलाकार नीता ढुंगानाको स्वर रहेको छ । यो उनले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा दिनेश न्यौपानको संगीत छ ।

यस्तै भिडियोमा नीतासँगै सुनिल सिटौला, अनिता बजागाईं, अम्सु पोखरेल लगायतलाई देख्न सकिन्छ भने रामजी लामिछानेको निर्देशन र सन्जय लामाको छायांकन रहेको छ ।

गीतबाट नीताले तारिफ पाइरहेकी छिन् । यो भजन सार्वजनिक भएको छोटो समयमा करिब दुई लाखले हेरिसकेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*