पूर्वप्रधानमन्त्री नेपालको सुरक्षार्थ खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गत बुधबार गरिएको दोस्रोपटकको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ । तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।
संक्रमित रहेका उनीहरुमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन ।
यसअघि नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।