सोनिकाले हालै सार्वजनिक भएको भिडियोबारे मुख खोलिन् ! [भिडियोसहित]

निरन्तर न्यूज
४ भाद्र २०७७, बिहीबार १२:११

काठमाडौं । चर्चित युट्यबर एवं मोडल सोनिका रोकायाले हालै सार्वजनिक भएको भिडियोबारे मुख खोलेकी छिन् । उनले हालै फेसबुक लाइभमा आएर दिएको बयानलाई स्पष्ट पारेकी हुन् । विक्षिप्त हालमा देखिएकी उनले लाइभमा केही आपत्तिजनक शब्दहरु बोलेकी छिन् ।

उनले उक्त लाइभ भिडियोमा, ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गरेकी छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा शब्द प्रयोग गर्दै आफ्नो बह निकालेकी छन् । एक व्यक्तिको नाम लिएर चेतावनीसमेत दिइएको उक्त भिडियो सार्वजनिक भएपछि यसबारेमा सबैको चासो बढेको हो ।

भिडियोमा ति व्यक्तिको नाम राम गौतम भनिएको छ । जानकारी अनुसार राम क्यामेराम्यानको काम गर्दै आएका थिए । तर उनले सोनिकाबाट आफ्नो पारिश्रमीक नपाएपछि सोनिकाको कम्युटर नियन्त्रणमा लिएको एक बयानमा बताएका छन् । गौतमका अनुसार सोनिकाले उनलाई पैसा नदिएर वा कम दिएर काम लगाउन खोजेकी थिइन् । उनका छोराले भिडियो सम्पादनको काम गर्ने गरेको उनले बताएका छन् ।

आर्थिक लेनदेनको कुरालाई लिएर विवाद भएको बताइएको भए पनि ठोस कारण भने अर्कै रहेको छ । पूर्वयुवराज पारससँग सोनिका नाम जोडेर गौतमले एक अन्तरवार्तामा एक अपाच्य खालको बयान दिएपछि सोनिका रिसाएकी थिइन् । यो सँगै राम गौतमले सोनिकामाथि व्यक्तिगत र व्यवसायीक रुपमा मानसिक तनाव दिँदै आएको बताइएको छ ।

सोनिका गाउँ (बझाङ)को घरबाट फेसबुक लाइभमा आएकी हुन् । उनले आफू अब पुरानो छवि सुधार्नतर्फ लागिपरेको बताउने गर्थिन् । उनले आफुलाई सोनिकाबाट पूजामा परिवर्तन गर्न लागेको बताउँदै आएकी छिन् । श्रोत जनबोली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*