देउडा ठाटी भाकाकाे ‘उस्तै छैकि फेरी’ बाेलकाे गीत युट्युबमा सार्वजनिक
काठमाण्डाैँ । सर्बिन बाेगटीकाे स्वर रहेकाे देउडा ठाटी भाकाकाे उस्तै छैकि फेरी बाेलकाे गीत युट्युबमा सार्वजनिक भएकाे छ ।
सानै उमेरमा जनयुद्धमा हाेमीएका कालीकाेटका सर्बीन बाेगटीकाे आफ्नै शब्द रहेकाे उक्त गीतमा जि बि आग्रीकाे निर्देशन तथा राजेन्द्र पालकाे छायाङ्कन रहेकाे छ ।
प्रिज्मा स्टुडियाेकाे रेकर्डिङलाई श्याम साेयत रसाइलिले मिक्सिङ गरेका हुन् । शिलन लम्सालकाे सम्पादन तथा सुनिल पाण्डेकाे मुख्य सहायक निर्देशन रहेकाे भिडियाेमा सुस्मिता कुँवर र बाेगटी आफैले अभिनय गरेकाे भिडियाेमा नरेन्द्र एस के काे श्रृंगार रहेकाे छ ।
देउडा ठाटी भाकालाई प्रवर्द्धन गर्न खाेजिएकाे राेजगारीकाे लागि विदेशीन बाध्एय भएकाहरुकाे कथालाई गीतमा समेट्न खाेजिएकाे छ ।
कमल थापा, हेमन्त कान्छा, रत्न बिके लगायतले विभिन्न विधामा भूमिका निर्वाह गरेका छन् ।
यस्ताे छ भिडियाे ।