बाढीपहिरो पीडितलाई सहयोग गर्न कांग्रेसले जिल्लामा पठायो ४५ लाख
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ३० जिल्लाका बाढीपहिरो प्रभावितलाई राहत दिन जिल्ला कार्यसमितिमा नगद पठाएको छ।
एक लाख ५० हजार रूपैयाँका दरले ३० जिल्लामा ४५ लाख रूपैयाँ पठाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
पहिलो चरणमा ३० जिल्लाका कार्यसमितिका नाममा रकम पठाइएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त रकम बाढीपहिरोपीडितलाई उपलब्ध गराउने कांग्रेसले जनाएको छ।
लमजुङ, सिराहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्कीमा रकम पठाइएको कांग्रेसले जनाएको छ।श्रोत सेतोपाटी