बलिउडका निर्देशक निशिकान्तको निधन

निरन्तर न्यूज
२ भाद्र २०७७, मंगलवार १३:४८

एजेन्सी । बलिउड फिल्मका निर्देशक निशिकान्त कामतको निधन भएको छ। केही समयदेखि बिरामी उनको हैदरावादस्थित एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोएन्ट्रोलोजीमा उपचार भइरहेको थियो।

आइसियुमा राखेर उपचार भइरहेका बेला उनको आज (सोमबार) निधन भएको हो।

निशिकान्तको निधनमा अभिनेता अजय देवगनले शोक व्यक्त गरेका छन्। अजय अभिनित दृश्यम फिल्म निशिकान्तले निर्देशन गरेका हुन्।

केही दिनअघि पनि निशिकान्तको निधनको खबर फैलिएको थियो।

निशिकान्तले सन् २००८ मा बनेको फिल्म ‘मुम्बई मेरी जान’ बाट निर्देशनको करियर सुरु गरेका थिए।

बक्स अफिसमा राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल उक्त फिल्मपछि निशिकान्त बलिउडमा राम्रो निर्देशकका रुपमा चिनिएका थिए।

२०२२ मा रिलिज गर्नेगरी दरबदर फिल्मको तयारी गरिरहेका निशिकान्तको फिल्मको काम नसक्दै निधन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*