चेल्सी छाडेका विलियन ‘फ्रि ट्रान्सफर’ मार्फत् आर्सनलमा जाेडिए
काठमाडौं। ब्राजिलियन खेलाडी विलियन आर्सनलमा आबद्ध भएका छन् । केही दिनअघि चेल्सी छाड्ने निर्णय गरेका विलियन ‘फ्रि ट्रान्सफर’ मार्फत आर्सनल पुगेका हुन् ।
चेल्सीसँगको सम्झौता सकिएपछि गत अगस्ट ९ मा उनले सम्झौता दुई वर्ष लम्ब्याउने प्रस्ताव अस्वीकार गरेका थिए ।
३२ वर्षीय विलियनले पछिल्ला ७ वर्ष चेल्सीबाट खेलेका थिए । त्यस क्रममा उनले दुई पटक प्रिमियर लिग जितेका छन् भने यूरोपा लिग, लिग कप र एफए कप पनि जितेका छन् ।
आर्सनलसँगको सम्झौताअनुरुप विलियन ३ वर्षका लागि क्लबमा आबद्ध भएका हुन् ।