सृष्टि र निराजनको रोमान्टिक ‘साँझ’ सार्वजनिक

निरन्तर न्यूज
३० श्रावण २०७७, शुक्रबार १३:२२

काठमाडौं । लकडाउन हुनुअघि अभिनेत्री सृष्टि श्रेष्ठ अभिनेता सौगात मल्लसँगै ‘तीन जन्तु’ फिल्मको सुटिङ गरिरहेकी थिइन् । लकडाउनले सुटिङ बीचैमा बिथोलेपछि सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो ।

तर, सरकारले लकडाउन खुकुलो गरेसँगै म्युजिक भिडियो निर्माणमा तीव्रता छाएको छ । अरुबेला फिल्ममा व्यस्त हुने कलाकार यो फुर्सदको समय म्युजिक भिडियो अभिनय गरेर सदुपयोग गरिरहेका छन् ।
यस्तैमा सृष्टिले पनि म्युजिक भिडियोमा अहिले आफूलाई व्यस्त बनाउन थालेकी छिन् ।

यही क्रममा उनले अभिनय गरेको ‘साँझ’ बोलको भिडियो बिहिबार सार्वजनिक गरिएको छ । भिडियोमा उनले निराजन प्रधानसँग रोमान्स गरेकी छन् ।

रोमान्टिक फ्लेवर गीतमा दिनेश शंकरको शब्द, संगीत र स्वर रहेको छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा सानो मिस अन्डरस्ट्यान्डिङले पर हुन लागेको जोडीलाई मायाले नै फर्काएको कथा देखाउन खोजिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*