छोरालाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै सुशान्तकी प्रेमिका रियाविरूद्ध बाबुले दिए प्रहरीमा उजुरी

निरन्तर न्यूज
१४ श्रावण २०७७, बुधबार १२:४२

पाटना । आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बाबुले पटनाको एक प्रहरी चौकीमा सुशान्तकी प्रेमिका रिया चक्रवर्तीका विरूद्ध एफआईआर दर्ता गरेका छन्।

पटना सेन्ट्रल जोनका प्रहरी निरीक्षक संजय सिंहले एफआईआरमा सुशान्तका बाबुले आत्महत्या दुरूत्साहानसहित रिया विरूद्ध विभिन्न आरोप लगाएका छन्।

एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख भएको जनाएका छन्।

एफआईआरमाथि अनुसन्धान गर्न पटनाबाट चार सदस्यीय टोली मुम्बई पठाएको जानकारी संजयले दिए। टोलीले मुम्बई पुगेर मुद्दाका दस्तावेजहरू एकिकृत गर्नेछ।

सुशान्तको आत्महत्यापछि उनलाई आत्महत्याका लागि बाध्य पारिएको आवाज उठिरहेको छ।

घटनाको सिबिआइ जाँच हुनुपर्ने माग सुशान्तका परिवार र उनका शुभचिन्तकको रहँदै आएको छ। घटनालाई लिएर हालसम्म ३८ जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ।

सुशान्तले गत जुन १४ मा आत्महत्या गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*