बलिउड अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन

निरन्तर न्यूज
१३ श्रावण २०७७, मंगलवार १७:४४

एजेन्सी । बलिउड अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन भएको छ । निर्देशक गुरु दत्तको चलचित्रबाट बलिउडमा डेब्यु गरेकी कुमकुम ५० र ६० को दशककी चर्चित अभिनेत्री हुन् ।

उनको जन्म बिहारको जैबुननिसामा भएको हो । अभिनय करियरमा उनले ११५ भन्दा बढी चलचित्रमा काम गरेकी छिन् ।

यीमध्ये उनका उत्कृष्ट चलचित्रहरु ‘मिस्टर एक्स इन बोम्बे ९१९६४०, ‘मडर इन्डिया ९१९५७०, सन अफ इन्डिया ९१९६२०, कोहिनूर९१९६००, ‘उजाला’, ‘आँखे’ ९१९६८० लगायतका हुन् ।

बलिउडका थुप्रै दिग्गज र चर्चित अभिनेतासँग स्क्रिन सेयर गरेकी उनलाई अभिनेता किशोर कुमारसँगको चलचित्रले अझै उचाईमा पुर्‍याउन सफल भयो ।

बलिउडसँगै उनले भोजपुरी चलचित्रमा पनि आफ्नो स्थान बनाउन सफल भइन् । -हिन्दुस्तान टाइम्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*