ऐश्वर्या र आरध्या अस्पतालबाट डिस्चार्ज

निरन्तर न्यूज
१२ श्रावण २०७७, सोमबार १७:५७

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन नानवटि अस्पतालबाट डिस्चार्ज भएका छन । उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएको खबर अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

अभिषेकले लेखेका छन,“तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।”

ऐश्वर्या र आरध्या १७ जुलाईमा अस्पताल भर्ना भएका थिए । तर उनीहरुमा १३ जुलाईमै संक्रमण देखिसकेको थियो । इन्डियन एक्सप्रेस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*