गायिका एलिना चौहानको ‘राम साईला’ बोलको गीत सार्वजनिक

निरन्तर न्यूज
१२ श्रावण २०७७, सोमबार १७:४२

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा रहेको ‘राम साईला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

कभर गीतको माध्यमबाट मुलधारको संगीतमा प्रवेश गरेकी गायिका एलिना र नरेश बीबीसीको स्वारमा रहेको राम साईला गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

नरेशकै शब्द र संगीत रहेको गीतमा भिम खड्का र पुजा अधिकारीको अभिनय छ।

म्युजिक भिडियोको आयुष क्षेत्री (प्रिन्स)ले निर्देशन गरेका छन् भने अनुप केसीको छायांकन रहेको छ। नरेश बीबीसीको आफ्नै युट्युब च्यानल मार्फत् यो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

यसअघि गीतको अडियो भर्सनमात्रै सार्वजनिक गरिएकोमा खुबै रुचाइएको थियो।

उक्त गीतमा भएको शब्द ‘मुना तड्पे मुनालाई’ टिकटकमा भाइरल बनेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*