भारत–चीनबीच टकराव : फेरि दिल्ली सरकारले लगायो पब्जीसहित चिनियाँ ४७ एप्समा प्रतिवन्ध

निरन्तर न्यूज
१२ श्रावण २०७७, सोमबार १३:१६

काठमाडौँ। भारतले दोश्रो पटक चीनलाई डिजिटल झट्का दिएको छ। गल्भान उपत्यकामा भएको हिंसात्मक झडपपछि भारतमा ५९ वटा चिनियाँ एप्सहरुमाथि प्रतिवन्ध लगाइएको थियो। जसमा लोकप्रिय एप टिकटक पनि परेको थियो। यसबीच भारत सरकारले फेरि चीनलाई डिजिटल झट्का दिएको छ।

भारत सरकारले थप ४७ वटा चिनियाँ एप्समा प्रतिवन्ध लगाएको छ । भारत सरकारले यसअघि नै टिकटक लगायत ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो। अहिले भारत सरकाको नजर २७५ वटा चिनियाँ एप्समाथि रहेको भारतीय गृह मन्त्रालयले जनाएको छ। यसमा लोकप्रिय मोबाइल खेल पब्जी पनि परेको समाचार माध्यमहरु जनाएका छन्।

तर, उक्त विषयमा भारत गृह मन्त्रालयले कुनै प्रतिक्रिया नजनाएको नभभारत टाइम्सले जनाएको छ। यद्यपि यस मुद्दा सम्बन्धी आधिकारिक स्रोतले चिनियाँका अनुप्रयोगहरुलाई निरन्तर समीक्षामा लिइरहेको र कहाँबाट सञ्चालित भएको भन्नेबारे पत्ता लगाउन कोशिस गरिरहेको जनाएको छ। अधिकारीका अनुसार, केहि अनुप्रयोगहरूले भारतको राष्ट्रिय सुरक्षामाथि खतरा हुन सक्छ।श्रोत क्यानाडानेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*