भारतमा एकैदिन ४८ हजार भन्दा बढी कोरोना संक्रमण

निरन्तर न्यूज
११ श्रावण २०७७, आईतवार १५:५५

एजेन्सी । भारतमा एकैदिन ४८ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा ४८ हजार ४ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुनुका साथै थप ६ सय ९० जनाको मृत्यु भएको छ ।

यसअघि शुक्रबार भारतमा अघिल्लो दिन ४८ हजार ८ सय ९२ संक्रमित थपिएका थिए भने ७ सय ६१ जनाको मृत्यु भएको थियो । कोरोना भाइरसका कारण भारतमा हालसम्म ३२ हजार ९६ जनाको मृत्यु भएको छ । १३ लाख ८५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, ८ लाख ८६ हजार मानिस उपचारपछि निको भएका छन् ।

यसैबीच भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानलाई पनि शनिबार कोरोना संक्रमण पुष्‍टि भएको छ । संक्रमण देखिएपछि उनलाई भोपालस्थित चिरायु अस्पताल भर्ना गरिएको छ । उनले कोरोना भाइरस दिशानिर्देशनहरुको आफूले पालना गरिरहेको उल्लेख गर्दै कोरोना भाइरसबाट बच्‍नका लागि सावधानी अपनाउन अपिल गरेका छन् ।

मुख्यमन्त्री चौहानले आफूले गर्दै आएको दैनिक कोरोना समीक्षा बैठक अब भिडियो कन्फ्रेन्समार्फत् गर्ने र आफ्नो अनुपस्थितिमा बैठकहरु राज्यका अन्य मन्त्रीहरुले सम्हाल्ने जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*