अक्षय कुमारले २ हप्ताकाे पारिश्रमिक दुइगुना लिए

निरन्तर न्यूज
१० श्रावण २०७७, शनिबार १४:३५

काठमाण्डाैँ । बलिउड अभिनेता अक्षय कुमार रांझणा फेम डाइरेक्टर आनन्द एल रायको फिल्म अन्तरंगीमा देखिने भएका छन् ।

तर यो फिल्ममा उनको रोल भने धेरै नहुने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । तर पनि उनले दुईगुणा फि लिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले दुई हप्ताको टाइमका लागि २७ करोड भारतीय रुपैयाँ लिएका छन् ।

फिल्ममा बलीउड एक्ट्रेस सारा अलि खान र साउथ स्टार धनुषको लीड रोल रहेको छ ।

अक्षयले एक दिनको फि १ करोड लिने गर्दछन् । तर उनलाई १४ दिनको लागि दुईगुणा पारिश्रमीक मिलेको छ ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*