बालुवाटारमा ओली–दाहालबीच छलफल
काठमाण्डाैँ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल सुरु भएको छ।
सहमतिका लागि भन्दै स्थायी कमिटी बैठक सार्दै आएका ओली र दाहालबीच चार दिनपछि भेटवार्ता भएको हो। ओलीलाई भेट्न अध्यक्ष दाहाल बालुवाटार गएको स्रोतले बताएको छ ।
आफू पक्षका नेताहरूसँग छलफल जारी राखेका दाहालले र वरिष्ठ नेता माधवकुमार नेपालसँग बुधबार खुमलटारमा छलफल गरेका थिए ।
असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। असार १६ पछि बैठक पूर्ण रुपले सञ्चालनमा आउन सकेको छैन। साउन ६ गते केहीबेर बसेको बैठक १३ गते बिहान ११ बजेसम्म बस्ने गरी स्थगित भएको थियो।
स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।